alliance khabar

सोमबार, कार्तिक ०३, २०८२

तनहुँ, कात्तिक ३ गते ।

 तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले भन्नुभयो, “हामीले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता लिएका छौँ । त्यसैले तिहार बिदा भएकै दिन पनि काम सुचारु रहनेछ ।’’ यस अघि दसैँको बिदामा पनि काम निरन्तर सञ्चालन गरिएको थियो, जसले हाम्रो समयसीमा पूरा गर्न सहयोग पुर्‍याएको आयोजनाले जनाएको छ ।

आयोजनाले समयसीमा भित्र आयोजना सम्पन्न गर्ने रणनीतिअन्तर्गत पर्व र छुट्टीको दिनमा पनि काम निरन्तर राख्दै आएको छ । चिनियाँ तथा नेपाली पनि अधिकांश कामदारहरु काम खटिरहेको आयोजनाले जनाएको छ ।

भण्डारी अनुसार आयोजनाको समग्र प्रगति हाल ६८.२ प्रतिशत पुगेको छ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायत संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग खन्ने, स्लोप निर्माण र प्रवेश सडक स्तरोन्नतिलगायतको काम भइरहेको छ ।

बाँधको वर्तमान उचाइ २० मिटर पुगेको छ । दोस्रो प्याकेजमा सुरुङ, विद्युत् गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालन सिनो हाइड्रो, चीनले गर्दैछ । तेस्रो प्याकेज अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण केइसी, भारतले गरिरहेको छ ।

१४० मेगावाट क्षमता रहेको यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । वित्तीय व्यवस्थापनअनुसार एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी आयोजना सञ्चालित छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल