alliance khabar

सोमबार, कार्तिक २४, २०८२

हेटौँडा, कात्तिक २४ गते ।

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ ।

नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको  चालु आर्थिक वर्ष २०८२÷८३ को असोज मसान्त महिनासम्मको समष्टिगत वित्तीय प्रगति ४४.८९ प्रतिशत रहेको जनाएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको आयोजनाको समष्टिगत प्रगति विवरण अनुसार आयोजना अन्तर्गतका सुरुङमध्ये तीन हजार ३५५ मिटर लम्बाईको महादेवटार सुरुङको दायाँतर्फको सुरुङको तीन हजार ३३३ मिटर लम्बाईमध्ये दुई हजार २८८ मिटर र बायाँतर्फको सुरुङको तीन हजार ३२२ मिटर लम्बाईमध्ये दुई हजार २९ मिटर निर्माण प्रगति भएको छ ।

आयोजना अन्तर्गतमा सात वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेकोमा लेनडाँडा र धेद्रे सुरुङको ब्रेकथ्रू  भई निर्माणाधीन छ ।  यस्तै दुई हजार २५० मिटर लम्बाइको चन्द्रामभीर सुरुङको ३०६ मिटर निर्माण प्रगति भएको सेनाको भनाई छ ।

कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको छ ।

उक्त खण्डमा पर्ने जग्गाहरुको मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको र जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानको लागि सम्भावित विकल्पहरुको डिजाइन कार्य अगाडि बढिरहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको सुरु बिन्दु यकिन तथा अन्य डिजाइन परिमार्जन बमोजिम अधिग्रहण बाँकी जग्गाको परिमाणमा परिमार्जन हुनसक्ने देखिएको छ । आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरु मध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छन् ।

पुल निर्माणतर्फ आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको पाइएको छ । निर्माणाधीन अधिकांश पुलहरुको फाउण्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्टरको कार्य भइरहेको छ ।

नेपाली सेनाका अनुसार ५३ स्थानका पुलको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । सडक निर्माण कार्य प्रगति अनुसार ९.३ किलोमिटर सडकको सब बेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको छ ।

आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको कुल लागत दुई खर्व ११ अर्व ९३ करोड रुपियाँ रहेको छ । आयोजनाको हालसम्मको समष्टिगत खर्च ८२ अर्ब १७ करोड रुपियाँ रहेको नेपाली सेनाको गत असोज मसान्तसम्मको द्रुतमार्ग आयोजनाको सार्वजनिक प्रगति विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल