गौशाला (महोत्तरी), भदौ १२ गते । सीमावर्ती भारतसँग जोडिएको महोत्तरी पछिल्लो वर्षहरुमा लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । महोत्तरीमा भारतीय सीमाक्षेत्रबाट लागुऔषध भित्रिने गरेको छ । महोत्तरीको लागुऔषधको ‘ट्राजिट प्वाइन्ट’कै रुपमा विकसित भइरहेको हुँदा सर्वत्र चिन्ता र चासो बढिरहेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको परम्परागत र आधुनिक लागु औषधजन्य बस्तुबाट पनि जिल्लामा […]
गुल्मी, भदौ १२ गते । गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार साँझदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका छन् । अवरुद्ध उक्त सडक खुलाउने प्रयास भइरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी खण्डमा गरगरे, […]
काठमाडौँ, भदौ १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, […]
विराटनगर, भदौ १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासबिच मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबिचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यसलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने बताउनुभयो । दुई देशबिच कृषि, श्रम, रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको […]
डडेल्धुरा, भदौ १२ गते । डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय शुरेस साउद, २३ वर्षीय शुरेस पार्की, ४० […]
गण्डकी, भदौ ११ गते । चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतार्नुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा […]
सुलीकोट, भदौ ११ गते । गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजता गर्नका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो । विद्युतीय रोपवे कार्यक्रमका लागि […]
नेपालगन्ज, भदौ ११ गते । पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिए पनि सो लक्ष्यसमेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ […]
सुलीकोट, भदौ ११ गते । गोरखामा एक जनामा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस रोग देखिएको हो । लामो समयदेखि चितवनतिर बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस […]
चन्द्रपुर (रौतहट), भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार बिहान पक्राउ परेको छ । पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने […]