
वीरगञ्ज (पर्सा), ३ पुस : हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा […]
काठमाडौँ, ३ पुस स् गत मङ्सिर २८ गतेदेखि सोमबार सम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको […]
मन्थली (रामेछाप) ३ पुसः लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले राससलाई बताउनुभयो । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति […]
पुस २, काठमाडौ । नेपाल टेलिकमका संचालक समिति सदस्य शंकर लामिछाने आइतबारदेखि आमरण अनशन बस्नुभएको छ । लामिछाने कर्मचारीहरुको तर्फबाट निर्वाचित संचालक समिति सदस्य हुनुहुन्छ । लामिछानेले संचालक समितिमा आफुले उठाएका संस्थाको वृद्धि विकास र कर्मचारीको मुद्दाहरूमा संचालक समिति गम्भीर नभएको ठहर गर्दै आमरण अनशनमा बस्नु परेको बताउनुभएको छ । सदस्य लामिछानेले संचालक समितिको अध्यक्षलाई […]
चितवन, २ पुस : चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा रु एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु प¥यो । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै […]
नेपालगञ्ज, २ पुस : बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि […]
काठमाडौँ, २ पुुस : त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उहाँले बताउनुभयो । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल […]
गण्डकी, २ पुस : पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले […]
रामपुर (पाल्पा), २ पुस : पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ […]
म्याङलुङ (तेह्रथुम), २ पुुस : तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात÷आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे […]