alliance khabar

शनिबार, माघ २७, २०८०

काठमाडौँ, २७ माघ : नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए ।

नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने फितलो रहेको थियो । सो खेलमा कुशल भूर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।

नेपाली टोलीमा रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, हेमन्त धामी र अनिलकुमार साह रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल