alliance khabar

शनिबार, माघ २७, २०८०

काठमाडौँ, २७ माघ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिनुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुुभएको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गर्नुभएको हो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकाले नै नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ”, सन्देशमा भनिएको छ, “संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”

सभामुख घिमिरेले सोनाम ल्होसारलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भनी शुभकामना दिनुभएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । ल्होसार १२ जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार मनाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल