alliance khabar

आइतबार, माघ २८, २०८०

तुलसीपुर (दाङ), २८ माघ : दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । “विद्युत्का कारणले रोकिएका छन्”, उहाँले भन्नुभयो, “विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन् ।”

उहाँका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको उहाँको भनाइ छ । त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ ।

दाङमा हालसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन् । तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताउनुभयो ।

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ । दाङमा इन्टरनेटका लागि टेलिकमको एफटिसीएच सेवा ७१ र फाइबर टु द होम सेवा (एफटिटीएच) पाँच हजार पाँच सय रहेका छन् । साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल