काठमाडौँ, असार १ गते । पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहेको सन्दर्भमा वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत […]
सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनायो । दक्षिण अफ्रिकाका लागि ओपनर […]
स्वीटजरल्याण्ड, असार १ गते । राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे । साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे […]
काठमाडौँ, असार १ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ । कार्यसमिति चयन भएको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा विकासका लागि लिइएका कतिपय नीतिगत निर्णय सकारात्मक रहेको तर ऊर्जा उद्यमी केन्द्रित हित भने कम राखिएको भन्दै असन्तुष्टि जनाइएको छ […]
काठमाडौँ, असार १ गते । ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशमा उत्पादित वस्तुहरूको बृहत् प्रदर्शनी सुरु भएको छ । घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्य रहेको तीनदिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरू […]
काठमाडौँ, असार १ गते । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो । […]
मेष–दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । वृष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार […]
हुम्ला, जेठ ३२ गते : काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडि काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो । खाद्यान्न ढुवानीसँगै रहनु भएका लिमिटेड […]
ललितपुर, जेठ ३२ गते : वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थतीटोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका […]
अछाम, जेठ ३२ गते : चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो । उच्च अनुशासनमा रही अदम्य साहसका […]