काठमाडौँ, भदौ ३१ गते। विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ। नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो। असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन […]
सल्यान, भदौ ३१ गते । भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप गाडी दुर्घटना हुँदा मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, […]
फुङलिङ, भदौ ३१ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व. खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका […]
तुलसीपुर, भदौ ३१ गते । जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् । आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने […]
काठमाडौँ, भदौ ३१ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी […]
बागलुङ, भदौ ३१ गते । भदौको महिनाभरि ढोरपाटन सिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’ मा पर्यटकको लर्को लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्व जस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटेल व्यवसायसँंगै गोठस्टे (खर्क गोठमा बस्ने) समेत फस्टाउँदै थिए । एकाएक जेनजीको आन्दोलन भयो, यहाँ आउने पर्यटक बाटोमै रोकिए, यहाँ आएका पर्यटक पनि त्रासमा बस्न […]
लहान, भदौ ३१ गते । जेनजी प्रदर्शनका क्रममा सहादात प्राप्त गरेका लहान वडा नम्बर–१५ का विजय चौधरी खेतीपातीको काम सकेर यही भदौ ५ गते काठमाडौँ गएको थियो । दीपावलीमा आएपछि घरको अधुरा काम पूरा गर्ने भनेर गएको विजयको भदौ –२३ गतेको जेनजी प्रदर्शनमा गोली लागेर ज्यान गयो । २९ वर्षीय विजयका पिता हरिप्रसाद चौधरी, आमा […]
भारदह(सप्तरी), भदौ ३१ गते । जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ । एउटै एरियामा रहेको सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलास, करसेवा केन्द्र राजविराज, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी डिभिजन कार्यालय, जिल्ला […]
तम्घास(गुल्मी), भदौ ३१ गते । राष्ट्रिय परिचयपत्र बनाउन र लिनका लागि ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासनमा धाउँदा सास्ती भएको भन्दै गाउँमै गएर सेवा प्रवाह गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भौगोलिक रुपमा विकट भएका पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर पालिकासँगको समन्वयमा गाउँमै गएर सेवा प्रवाह गरिएको बताउनुभयो । जिल्लाको […]
देवदह (रुपन्देही), भदौ ३१ गते । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यावश्यक सेवा सुरु […]