गैँडाकोट, कात्तिक २८ गते : पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन । गैँडाकोट नगरपालिका–३, ढोँडेनीगाउँका चार सय घरपरिवार बर्सौंदेखि खानेपानी सुविधाबाट वञ्चित छन् । त्यहाँका चार सय घरपरिवारका झन्डै दुई हजार स्थानीय शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष […]
नवलपुर, कात्तिक २८ गते : नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि तीन जिल्लाका जनप्रतिनिधि एक भएर दबाब दिने भएका छन् । सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले एक भएर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका हुन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मङ्गलबार भएको संयुक्त छलफलमा चिनियाँ ठेकेदार कम्पनीले काम सुरु नगरेकाले प्रधानमन्त्रीसहित सङ्घीय […]
बाकु, कात्तिक २७ गते : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु आइपुग्नुभएको हो […]
धरान, कात्तिक २७ गते : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सोमबार धरान उपमहानगरपालिकामा कार्यकर्तासँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । मानिसको ‘ब्रेन डेथ’ भई मृत्यु भएको २४ घण्टाभित्र आँखा, मुटु, मिर्गौला, फोक्सो, कलेजो छालालगायतका अङ्ग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण […]
लुम्बिनी, कात्तिक २७ गते : लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु. ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज […]
दोलखा, कात्तिक २७ गते : दोलखाको गौरीशङकर गाउापालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको बताइएको छ । उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) […]
जनकपुर, कात्तिक २७ गते : मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मधेशमा सात वटै वडास्तरको निर्वाचन क्षेत्रलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति परिचालन गर्ने निर्णय गरेको छ । […]
हेटौँडा, कात्तिक २७ गते : हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु […]
डडेलधुरा, कात्तिक २६ गते : पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो । दुई हजारदेखि दुई हजार सात सय मिटरभन्दा बढी उचाइसम्म भएकामध्ये पहाड महाभारतको भूबनोट, प्राकृतिक, जैविक र धार्मिक विविधता छ तर यो क्षेत्रको उचित सदुपयोग हुन नसकेकोमा यहाँ चिन्ता व्यक्त हुन थालेको छ । महाभारत पर्वतमा भएका […]
बुटवल, कात्तिक २६ गते : लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ । तालको विकासका लागि यो वर्ष एक करोड रुपियाँ प्रदेश सरकारले लगानी गर्ने र ५० लाख रुपियाँ गैडहवा गाउँपालिकाको सहयोगमा ताल क्षेत्रमै होमस्टे सञ्चालन गर्ने तथा पर्यटक आकर्षित गर्न तालमा डुङ्गा चलाउने योजना रहेको छ । […]