राज्यमन्त्री बम चढेको गाडी दुर्घटना

धनगढी, पुस ६ गते । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ । राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी आज बेलुका भारतीय कारसँग ठोक्किएको हो । दुर्घटनामा राज्यमन्त्री बम सकुशल रहनु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सामान्य चोटपटक लागेका उहाँको धनगढीस्थित […]

बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा, पुस ६ गते ।  बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार  बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय […]

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ, पुस ६ गते ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा शनिबार यहाँ आयोजित विश्व ध्यान दिवससम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बालबालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन […]

बाढी प्रभावित विद्यालयमा शैक्षिक सामग्री वितरण

कावासोती, पुस ५ गते :असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्‍याएकाे मध्यविन्दु नगरपालिका–१५ को बालसिद्ध आधारभूत विद्यालयको मर्मत गरि अध्यापन सुरु गरिएको छ । बाढीका कारण बालसिद्ध आधारभुत विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो । विद्यालयका कक्षा कोठा र फर्निचर लगायतका सामग्री सबै हिलोसहितको लेदो पानीले डुबाउँदा लामो समयसम्म विद्यार्थीलाई कक्षा कोठामा अध्यापन […]

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं, पुस ५ गते : चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले यसअघि नै […]

फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर सहयोग

सोलुखुम्बु, पुस ५ गते : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ‘सोलु चाम नामक’ गैरसरकारी संस्थाले फोहोरमैला व्यवस्थापनमा वार्षिक ५० हजार अमेरिकी डलर (करिब ६५ लाख नेपाली रुपियाँ) सहयोग गर्ने भएको छ । सोलुखुम्बुमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको शेर्पा बालबालिका संघको सहजीकरणमा सोलु चाम र नगरपालकिाबिच फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएपछि वार्षिक रुपमा उक्त […]

अनलाइनबाटै नागरिकता सिफारिस

तनहुँ, पुस ५ गते : तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प्रशिक्षण प्रदान गरिरहेको छ । दश पालिकामध्ये छ पालिकामा प्रशिक्षण प्रदान गरिसकेको छ भने चारमा तालिम दिने तयारी गरिएको छ । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं, पुस ५ गते : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री डा. राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “हामीले नेपालका […]

आँखाको नानी प्रत्यारोपण

नेपालगन्ज, पुस ४ गते : नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिनाअघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताउनु भयो । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको […]

कानुन बनाउन सहकार्यको प्रतिबद्धता

लेखनाथ, पुस ४ गते : सङ्घीय व्यवस्थापिका र प्रदेश व्यवस्थापिकाका प्रमुख कानुन बनाउन आपसी सहकार्य गर्न सहमत भएका छन् । सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीयतहको साझा सूची अन्तर्गत निर्माण गरिने कानुनका विषयमा तीन तहबिच नै परस्पर सम्बन्ध विकास गर्ने र नबनेका कानुनको अध्ययन र पहिचान गरी सङ्घीय संसद्बाट कानुन निर्माण गर्न पहल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल