चितवन, पुस ७ गते । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको […]
हेटौँडा, पुस ७ गते । कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ५ स्थित स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । हेटौँडा ५ माछाप्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडातर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाइकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नं. को स्कुटर एक […]
आज विश्व ध्यान दिवस । भर्खरै संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिख अथवा विश्वको वर्ष भरिको सबैभन्दा छोटो दिन, आजलाई विश्व ध्यान दिवसको रूपमा मान्यता दिएको छ । म यसमा खुसी व्यक्त गर्न चाहन्छुु र संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद भन्न चाहन्छुु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेर्रेसलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छुु । आजको यस […]
काठमाडौँ, पुस ७ गते । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । वृष […]
काठमाडौं, पुस ६ गते । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । विश्व ध्यान दिवसको अवसरमा कैलाशकुट सामाजिक अभियानले आज काठमाडौंको हाँडिगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापन सम्वन्धी जनचेतना अभिबृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभाग प्रमुख डा. सरोजप्रसाद ओझाले बताउनुभयो । स्वस्थ जीवनका लागि योग र ध्यानलाई […]
काठमाडौँ, पुस ६ गते । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो । साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि […]
धनगढी , पुस ६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नुभएको छ । उहाँले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने छ। त्यसका लागि […]
तेह्रथुम, पुस ६ गते । खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन […]
काठमाडौँ, पुस ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ। साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले एनपिएल पहिलो […]