काठमाडौँ, पुस १० गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र […]
काठमाडौँ, पुस १० गते। भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो। उहाँ एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आइपुग्नुभएको हो। उहाँको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए। नेपाली […]
काठमाडौं, पुस १० गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) समीकरणमा संसदको झन्डै दुई तिहाई बहुमतको सरकार बनेको बताउनुभयो। उहाँले यो सरकारले पनि आम […]
काठमाडौँ, पुस ९ गते । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा आज सामान्य वर्षा भएको छ । काठमाडौँमा पनि साँझ सामान्य पानी परेको […]
काठमाडौं, पुस ९ गते । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ । मंगलवार राज्य व्यवस्था समितिमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यस्तो जोड दिनुभएको हो । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले विधेयकमा प्रस्तावित संशोधनहरुलाई एकै पटक टुंग्याएर फास्ट ट्र्याकबाट […]
धनगढी, पुस ९ गते । भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको […]
कालीकोट, पुस ९ गते । चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण कालीकोटका सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका अर्धवार्षिक परीक्षा चिसोका कारण चौरमा सञ्चालन गर्नु परेको हो । कालीकोटको तापक्रम चार डिग्रीमा झरेको छ । चिसोले बिहान बेलुका आउजाउ गर्न पनि समस्या छ । पक्की भवनमा विद्यार्थीलाई राखेर परीक्षा सञ्चालन गर्दा बिरामी […]
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ । नेपालको राज्यशक्तिको प्रयोग यिनै तीन तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान छ । संविधानको अनुसूची–८ र ९ मा उल्लिखित विषय क्रमशः स्थानीय तहको एकल अधिकार तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसार राज्यशक्तिको बाँडफाँट गरिएको […]
काठमाडौँ, पुस ९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । केन्द्रीय बैंकले तय […]
काठमाडौँ, पुस ९ गते । जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका विषयगत समितिमा पठाइएको विधेयकमाथि छलफल गर्न बोलाइएका बैठकमा सभाका सदस्यको अनुपस्थितिले गणपूरक सङ्ख्या नपुगेर बैठक नै स्थगित गर्नु परेको छ । यसरी समितिको बैठकमा सभाका सदस्यको नियमित उपस्थिति नभएपछि लामो समयसम्म विधेयकहरू विचाराधीन अवस्थामा रहने गरेका […]