alliance khabar

सोमबार, चैत्र ०४, २०८१

हेटौँडा, चैत ४ गते : मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी तिव्र बनाइएको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।

आसन्न स्ववियु निर्वाचनलाई शान्त, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी उपरीक्षक विश्वराज खड्कासहित जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा छलफल गरिएको छ ।

स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै पक्षबाट प्रतिबद्धता जनाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा रहेका मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, मनहरी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन, वंशगोपाल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा निर्वाचन हुने भएको छ ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी विप्लब लगायतका विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । सबैजसो क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी दुई हजार ६९८ विद्यार्थी अध्ययनरत छन् । निर्वाचन प्रक्रियालाई लिएर मकवानपुर बहुमखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) क्याम्पस इकाई समितिले र हेटौँडा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएकोमा वार्ताबाट सहमतिपछि ताला खोलेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल