साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

जेद्दा (साउदी अरेबिया), फागुन २७ गते ।  रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् । मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा […]

मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

फुङ्लिङ, फागुन २७ गते । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ वटा स्थानीय तहलाई पछि पार्दै मेरिङदेन गाउँपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजामा मेरिङ्देन गाउँपालिका प्रथम […]

कृषक, कर्मचारी र पत्रकार सम्मानित

फुङलिङ, फागुन २७ गते। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कृषक, कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले ८ औँ स्थापना दिवसको अवसरमा चार–चार जना कृषक र कर्मचारी तथा एक जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो। पालिकाले विभिन्न वडाका चार जना उत्कृष्ट किसानलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोले जानकारी दिनुभयो। उहाँका […]

४६.५ प्रतिशतले निर्यात वृद्धि

काठमाडौँ, फागुन २७ गते । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा एक खर्ब २७ अर्ब २० करोड रुपियाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको […]

सत्र सय विद्यार्थीको आँखा परीक्षण

ताप्लेजुङ, फागुन २७ गते।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कुल एक हजार ७२३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। सिदिङ्वाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी […]

सहज जितसहित नमोबुद्ध सेमिफाइनलमा

फिदिम, फागुन २७ गते। पाचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरी सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। खेलको ३९औं र ६५औं मिनेटमा विदेशी खेलाडी एलएक्स विलियमले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। विपक्षी […]

कृषि क्षेत्रको अनुदानलाई व्यवस्थित गर्दै सरकार : अर्थमन्त्रीसँग छलफल

काठमाडौँ, फागुन २७ गते। सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग गरेको बैठकमा कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक

क्वेटा, पाकिस्तान, फागुन २७  गते । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ । अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाए । “रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई […]

राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै हो

काठमाडौँ, फागुन २७ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ । काठमाडौँमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पार्नुभयो […]

चितवनमा कांग्रेसको गुमेको सिट हामी फर्काउछौँ : अध्यक्ष गुरुङ

चितवन, फागुन २७ गते।  नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने  जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ। मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो। विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल