केबलकार विवाद आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाइयो

फुङ्लिङ, चैत १ गते।  ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय […]

सिदिङ्वाका सातमध्ये छ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा

ताप्लेजुङ, चैत १ गते।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो। सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार हालसम्म वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोपलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। यस्तै […]

प्रधानमन्त्री कप : बागमतीसँग हार्‍यो सुदूरपश्चिम

काठमाडौँ, चैत १ गते ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ । बुटवलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हरायो । जितका लागि बागमतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको […]

पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

पाल्पा, चैत १ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो […]

‘हिमवत्खण्ड ऋषिमुनिको पवित्र तपोभूमि हो’

चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै छ । सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपाली सहभागी हुँदै छन् । हिमवत्खण्ड कला सम्मिलनको तयारीमा केन्द्रित रहेर मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बासँगको  कुराकानी […]

मनाइयो होली

भक्तपुर, चैत १ गते । ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला…’ भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होलीपर्व बिहीबार मनाइएको हो । विशेष गरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा बेग्लै रौनक […]

क्रसिङपछि चिनी उद्योग बन्द

सर्लाही, चैत १ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेको छ । बिहीबार बिहानबाट बन्द भएको उद्योगले ३० लाख ५२ हजार ७९२ क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । किसानले ल्याएको सम्पूर्ण उखु सकिएपछि बिहीबार बिहानदेखि मिल बन्द गरिएको उहाँले बताउनुभयो । किसानलाई फागुन १४ […]

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु, चैत १ गते । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य […]

हातेकागज उद्योग सङ्कटमा

चैनपुर (बझाङ), चैत १ गते । बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग बन्द भएका छन् । यसबाहेक बुङ्गल नगरपालिका–७, गडरायमा रहेको गोर्खाली हातेकागज उद्योग, वडा नं. ३ दारुगाउँमा रहेको दारुगाउँ हातेकागज उद्योग, […]

राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी

काठमाडौँ, चैत १ गते । राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल