alliance khabar

शुक्रबार, जेठ १६, २०८२

काठमाडौँ, जेठ १६ गते ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई रु. ८६ अर्ब १ करोडको बजेट विनियोजन गरेको छ। ऊर्जा उत्पादन, प्रशारण, सिँचाइ पूर्वाधार र जलजन्य विपद् व्यवस्थापनमा केन्द्रित बजेटले वैकल्पिक ऊर्जाको प्रवर्द्धन, सिँचाइ सुविधा विस्तार र जलस्रोतको बहुउपयोगी उपयोगमा जोड दिएको छ।

बजेट विवरण अनुसार वैकल्पिक ऊर्जा (सौर्य, वायु तथा जैविक ऊर्जा) विकासमा रु. २ अर्ब ३३, करोड विनियोजन गरिएको छ। विद्युत् प्रशारण तथा वितरण पूर्वाधारमा रु. १३ अर्ब १८ करोड छुट्याइएको छ।

भेरी–बबई सिँचाइ आयोजना निर्माणमा रु. ८ अर्ब ५० करोड, र हेडवर्क्स तथा पावरहाउस सम्पन्न गर्न थप रु. २ अर्ब ७ करोड विनियोजन गरिएको छ। यस्तै, सुनकोशी–मरिन पथान्तरण आयोजना अगाडि बढाउन रु. २ अर्ब ७३ करोड बजेट प्रस्ताव गरिएको छ।

विभिन्न नहरहरूको मर्मत तथा सुधारका लागि रु. १ अर्ब ८२ करोड, लिफ्ट सिँचाइ विस्तार (विशेष गरी कृषियोग्य टारहरूमा) का लागि रु. ३ अर्ब ३१ करोड छुट्याइएको छ।

सरकारले बहुउद्देश्यीय जलविद्युत् आयोजना तथा सिँचाइ आयोजना अध्ययन तथा तयारीका लागि रु. ३७ करोड विनियोजन गरेको छ। साथै जलजन्य विपद् व्यवस्थापन र मौसम प्रणाली सुदृढीकरणका लागि रु. ५ अर्ब ५९ करोड बजेट छुट्याइएको छ।

सरकारको यो बजेटले जलस्रोतको दीर्घकालीन उपयोग, ऊर्जा आत्मनिर्भरता र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल