काठमाडौँ, असार १८ गते । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको फैसाल आज सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो । विसं. २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो । संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि […]
जेनेभा,असार १७ गते । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ताक्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भन्नुभयो,“उत्तर गोलाद्र्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक […]
काठमाडौं, असार १७ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व […]
म्याग्दी, असार १७ गते । म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमाना पर्ने शोले डाँडाको विषयमा भएको विवाद समाधान भएको छ । बेनीमा सोमबार बसेको दुवै जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा समिति प्रमुखहरुको संयुक्त बैठकले समाधान निकालेको हो । यस अघि असार ५ गते बसेको बैठकले नापी विभागको राय लिएर पुनः बैठक बसी समाधान खोज्ने निचोड […]
नारायणगढ, असार १७ गते । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा स्वरूप परिवर्तन गरेर जङ्गल सफारीमा प्रयोगमा आइरहेका सवारीसाधनलाई निकुञ्जले रोक्न सकेको छैन । गत वर्षदेखि नै यस्तो कार्य रोक्ने भनिए पनि ठोस पहल हुन सकेको छैन । गत माघमा ट्राफिक प्रहरीले एउटा गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेपछि […]
काठमाडौँ, असार १७ गते । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवमा सोमबार आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गरिएको छ । विसं २०२१ असोजमा प्रदर्शन भएको आमाको निर्देशन हिरासिंह खत्रीले गर्नुभएको थियो । चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दको मुख्य भूमिका निर्वाह रहेको थियो । यस चलचित्रबाट नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ । […]
काठमाडौँ, असार १७ गते । तोलामा दुई लाख रुपियाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपियाँले घटेको छ । निरन्तर बढ्दै गएको सुनको मूल्य इजरायल र इरानबिच भएको युद्ध रोकिएसँगै घट्न थालेको हो । युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न […]
काठमाडौँ, असार १७ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९२ पैसा र बिक्रीदर १३७ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड […]
काठमाडौं ,असार १७ गते । मंगलबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]