कालीकोट, असार १९ गते । कालीकोट जिल्लाका नौ स्थानीय तहको इन्धनमा एक वर्षमा दुई करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको इन्धन खर्च मात्र ४८ लाख ५१ हजार २३२ रुपियाँ छ । सान्नीत्रिवेणी गाउँपालिकाले विभिन्न सवारीसाधन खरिदमा ३४ लाख ५० हजार १५० रुपियाँ खर्च गरेको छ । यो सवारीसाधन खरिदको कुनै पनि प्रमाण राखिएको छैन । सम्पत्ति […]
दाङ, असार १९ गते । दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको थालनी गर्न उपयुक्त समय हो । काममा जोश र उत्साह बढ्नेछ । सोचेजस्तै कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बलियो बन्नेछ, पढाइमा पनि प्रगति देखिन्छ । विपरित लिङ्गीको सहयोगले मन प्रसन्न हुनेछ र कार्यक्षमतामा वृद्धि हुनेछ । वृष (इ, उ, ए, […]
काभ्रेपलाञ्चोक, असार १८ गते । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । सम्झौता अनुसार रेडक्रसले निःशुल्क […]
काठमाडौँ, असार १८ गते । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको फैसाल आज सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो । विसं. २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो । संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि […]
जेनेभा,असार १७ गते । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ताक्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भन्नुभयो,“उत्तर गोलाद्र्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक […]
काठमाडौं, असार १७ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व […]
म्याग्दी, असार १७ गते । म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमाना पर्ने शोले डाँडाको विषयमा भएको विवाद समाधान भएको छ । बेनीमा सोमबार बसेको दुवै जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा समिति प्रमुखहरुको संयुक्त बैठकले समाधान निकालेको हो । यस अघि असार ५ गते बसेको बैठकले नापी विभागको राय लिएर पुनः बैठक बसी समाधान खोज्ने निचोड […]
नारायणगढ, असार १७ गते । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा स्वरूप परिवर्तन गरेर जङ्गल सफारीमा प्रयोगमा आइरहेका सवारीसाधनलाई निकुञ्जले रोक्न सकेको छैन । गत वर्षदेखि नै यस्तो कार्य रोक्ने भनिए पनि ठोस पहल हुन सकेको छैन । गत माघमा ट्राफिक प्रहरीले एउटा गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेपछि […]