२०८२ असार २६ गते – 10 , July , 2025, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान पनि हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, […]

स्वास्थ्य बीमा सुधारमा ऐतिहासिक कदम : ८ गम्भीर रोगका लागि २ लाखसम्मको उपचार सुविधा

काठमाडौँ ,असार २५ गते। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क […]

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असार २५ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपियाँ ५४ पैसा र बिक्रीदर १६१ रुपियाँ २४ पैसा, युके पाउन्ड […]

थारू बस्तीमा हर्डहुवाको रौनक

धनगढी, असार २५ गते । रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ । हर्डहुवा गाउँभरिका परिवारले एकसाथ मनाउने […]

पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई सम्मान

काठमाडौँ, असार २५ गते  । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८० प्रदान गरिने भएको छ ।  नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा न्यायिक क्षेत्रको नेतृत्व र संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानका लागि श्रेष्ठलाई दुई लाख रुपियाँ राशिसहितको सम्मान प्रदान गरिने जानकारी दिइयो । नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले २५ औँ प्रधान […]

विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित

जाजरकोट, असार २५ गते ।  जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालयसहित कक्षाकोठामा पसेपछि पठनपाठन प्रभावित भएको हो । पाँचकाटिय–दम्दाला–पैक हुँदै जुम्ला जोड्ने सडक स्तरउन्नतीसहित कालोपत्रे हुँदै गरेको छ । निर्माण व्यवसायीले नालाको व्यवस्था नगरेका कारण सडकबाट बगेको बाढी विद्यालय […]

रसुवाबाट बेपत्ता प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव चितवनमा

नारायणगढ, असार २५ गते । रसुवाबाट बाढीले बगाएर ल्याएको एक जुनियर प्रहरी अधिकृतको शव चितवनमा भेटिएको छ । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका– २९ स्थित त्रिशुली नदी किनारमा मङ्गलबार राति भेटिएको हो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने ४२ […]

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

तम्घास(गुल्मी), असार २५ गते ।  कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । बुधबार बिहान सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि पहल […]

२०८२ असार २५ गते – 09, July, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन कार्यहरू पनि साथीको सहयोगले सफल हुनेछन् । कृषिजन्य व्यापारमा सफलता मिल्नेछ, आँटेको काम पुरा हुनेछ । शत्रु परास्त हुनेछन्, मनोरञ्जनका साथ दिन बित्नेछ । दुर्गमस्थल वा टाढाको यात्रा हुने सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ […]

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

वालिङ (स्याङ्जा),  असार २४ गते ।  यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो । गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न रु २० लाख बजेट विनियोजन गरेको जलस्रोत […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ