लेखनाथ, साउन १२ गते । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई […]
धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता […]
लमजुङ, साउन १२ गते । लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो । दोर्दीको वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेराबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम […]
काठमाडौँ, साउन १२ गते । १०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि-४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुनेछ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न […]
काठमाडौँ, साउन १२ गते । विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा बुधबार र बिहीबार छनोट खेल हुन लागेको हो । एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहनेछ । […]
दुबै देशका करिब तीन लाख विस्थापितहरू सुरक्षित रूपमा घर फर्कन सक्नेछन् । थाई प्रधानमन्त्री फुमथामले भन्नुभयो, “वार्ताको नतिजा थाइल्याण्डको शान्तिपूर्ण समाधान चाहनाको प्रतिबिम्ब हो।” मलेसिया, साउन १२ गते । मलेसिया, थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनदेखि जारी सीमाविवाद अन्ततः वार्ताबाट समाधानतर्फ उन्मुख भएको छ। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घका अध्यक्षसमेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दुबै […]
खोटाङ, साउन ११ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ । बाँस तथा बाँसजन्य […]
काठमाडौँ, साउन ११ गते । सुक्खाग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सकिने सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाको आवश्यकता यतिखेर पुष्टि भएको छ तर एक वर्षअघि नै आयोजनाको सुरुङ छिचोलिए पनि ठेकेदारको लापर्बाहीका कारण बाँध निर्माणले गति लिन सकेको छैन । पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख […]
ढल्केबर, साउन ११ गते । वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् । धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही […]
फुङलिङ, साउन ११ गते । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार […]