alliance khabar

शुक्रबार, आश्विन २४, २०८२

दाङ, असोज २४ गते ।

जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका बेला जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड भए पनि अदालतमा खटिएकी अधिकारीले आन्दोलनकारीलाई सम्झाउँदै अदालतलाई क्षति हुनबाट बचाउन सफल हुनुभएको थियो ।

उहाँको यो योगदानको मूल्याङ्कन गर्दै जिल्ला अदालतले बिहीबार एक कार्यक्रमका बिच पाँच हजार रुपियाँ र कदरपत्रसहित सम्मान गरेको हो । आन्दोलनका क्रममा केही तोडफोड र आगजनी भए पनि अधिकारीको पहल र अनुरोधका कारण अदालतका महत्त्वपूर्ण कागजात र मिसिलहरू सुरक्षित रहेका थिए ।

साउन २०८१ देखि अदालत सुरक्षामा खटिएकी अधिकारीले सम्मानपछि भन्नुभयो, “मैले सुरक्षामा खटिएको कार्यालय जल्दै गरेको देख्दा मनले मान्दैनथ्यो, त्यसैले अन्तिम क्षणसम्म कर्तव्य सम्झेर जोगाउन प्रयास गरेँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल