alliance khabar

शुक्रबार, आश्विन २४, २०८२

रेसुङ्गा(गुल्मी), असोज २४ गते ।

 गुल्मीको तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक एक महिना बन्द हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास गुल्मी मार्फत राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम गरिएको छ ।

रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नम्बर ११ जन प्रावि स्कुलसम्मको सडकखण्ड आर.सि.सि. ढलान गरी सडक स्तरोन्नती गर्नुपर्ने भएकाले एक महिना सडक बन्द गर्नुपर्ने अवस्था आएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।

कार्यालयले सडक बन्द गर्ने सार्वजनिक सूचनामार्फत वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक यही असोज २४ देखि कात्तिक २३ गतेसम्म सडक बन्द हुने छ । जसका लागि राङ्गबास फेँदिसम्मका स्थानीय सवारीले मैदान–हर्राबोट–सपौदि र राङ्गवास फेदी सडक र रिडी–पाल्पा अर्घाखाँची तर्फका सवारी साधनले घुम्ती–चारपाला–खज्र्याङ्ग तथा तम्घास–बलेटक्सार–रिडी वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल