अर्घाखाँची, भदौ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले […]
काठमाडौँ, भदौ १० गते । कालिका खड्का ‘पारि पारि आएका ढाका टोपी लाएका, तिनै होलान् हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढाटाढा पठाइएको हुन्थ्यो […]
बागलुङ, भदौ १० गते । बागलुङ नगरपालिका –४ दाबगरामा निर्माण गरिएको ‘बागलुङ बसपार्क’ बाट औपचारिक रुपमा बस सञ्चालनमा आएको छ । गत साता २५ वर्षका लागि आरबी कन्ट्रक्सन प्रा.लि. पोखरासँग ठेक्का सम्झौता गरेको नगरपालिकाले औपचारिक रुपमा बस छुटाएर आवश्यक रुट कायम गरेको छ । विगत २४ वर्षदेखि बागलुङ नगरपालिका –३ मा सञ्चालित ‘चिप्लेटी बसपार्क’ लाई […]
भादगाउँ (भक्तपुर), भदौ १० गते । नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भोलि भाद्र ११ गते भाद्र शुक्ल चतुर्थी भए पनि १० गते साँझ नै चतुर्थी पर्न आएका कारण चथा पर्व आजै मनाउन लागिएको हो […]
काठमाडौँ, भदौ १० गते । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार […]
पाटन (ललितपुर), भदौ ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी […]
काठमाडौं, भदौ ९ गते । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । भदौ ६ देखि ९ गतेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार नौंसय १६ पिन्ट रगत संकलन गरिएको हो । दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा काठमाडौं […]
बेलायत, भदौ ९ गते । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ […]
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा […]
कल्याणपुर (सप्तरी), भदौ ९ गते । नेपाली कांग्रेसको भातृ सङ्गठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा राजविराज नगरपालिका–५ स्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । विगत केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको श्रेष्ठ २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । […]