यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौँ,  कात्तिक २० गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६३ पैसा र बिक्रीदर १६३ रुपियाँ ३२ पैसा, युके […]

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, कात्तिक २० गते । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना […]

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी), कात्तिक गते ।   करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका-७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको दाबी गर्नुभयो । घलेले […]

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, कात्तिक २० गते । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिनुभयो। निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच […]

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, कात्तिक २० गते ।  संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस बिहिवार विश्वका विभिन्न मुलुकमा मनाइँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको […]

चार सय उद्यमीलाई स्टार्टअप उद्यमका कर्जा दिइने

काठमाडौँ, कात्तिक २० गते ।  सरकारले चालु आर्थिक २०८२/८३ को स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान […]

लागत प्रभावी लगानी ढाँचा तय गर्न गृहकार्य

काठमाडौँ, कात्तिक २० गते । दशक लामो अवधिदेखि चर्चामा रहँदै आएको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लागत प्रभावी लगानीको ढाँचा निर्धारण गर्न सरकारले पहल थालेको छ । कम्पनी मोडेलमा विकास गर्ने निधो गरिएको एक हजार दुई सय मेगावाटको आयोजनामा लगानी कसरी जुटाउने भन्ने गृहकार्य सुरु भएको हो । उक्त आयोजनाले जग्गा अधिग्रहणदेखि आयोजनाको […]

हिउँजस्तै हिमाली संस्कृति पनि विलीन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ, कात्तिक  १९ गते । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको छ । चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका […]

तनहुँमा झैझगडा हुँदा एकको मृत्यु

तनहुँ, कात्तिक १९ गते । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झैझगडामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट […]

कुर्घा मालिकामा चिच्याएर बर माग्नेको घुइँचो

रेसुङ्गा(गुल्मी), कात्तिक १९ गते । चिच्याएर बर माग्ने विशेषताले प्रसिद्ध मुसिकोट नगरपालिका-६ कुर्घाको कुर्घा मालिका मन्दिरमा चिच्याएर बर माग्नेका घुइँचो लागेको छ । तीन दिनसम्म चल्ने मेलामा स्थानीय उत्पादनहरुको बिक्री, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । बैकुण्ठ चर्तुदशीका दिन मेला पनि सकिने र रातभर जाग्राम बसेर बिहानीपख चिच्याएर मालिका देविसँग चिच्याएर बर माग्ने चलन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल