महिना दिन नबित्दै तरकारीको मूल्य दोब्बरले वृद्धि

काठमाडौँ, असार २४ गते । “कमाइ बढ्दैन महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै गाह्रो भयो । थोरै कमाइ हुनेले  तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिरहँदा कालीमाटी तरकारी बजारभित्र भेटिनुभएकी विमला सुुवेदीको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, […]

आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ

काठमाडौँ, असार २४ गते । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ […]

मोती उत्पादन उद्योग सङ्कटमा

डडेलधुरा, असार २० गते । सरकारले २० लाखभन्दा बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन योजना सफल हुन सकेको छैन । परशुराम नगरपालिका–४, कटालमा घरेलु तथा साना उद्योग कार्यालयले सम्भाव्यता अध्ययन गरेर गत आर्थिक वर्ष २०८९/८० मा ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकीकृत कृषि तथा पशुपन्छी फार्मलाई २० लाख ७७ हजार रकम […]

आठ वर्षपछि मूल्य समायोजन गरिएको दाबी

काठमाडौँ, असार २० गते । प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० […]

सेयर बजार मौद्रिक नीतिको पर्खाइ

सेयर बजारमा अहिले खासै रौनक छैन । सेयर खरिदबिक्री सामान्य हुने र कारोबार पनि पाँच अर्बमुनिकै अवस्थामा रुमलिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४.८३ अङ्कको गिरावटसहित बजार २०३७.८३ को बिन्दुमा रहेको छ । त्यसैगरी साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अङ्कको बढोत्तरीसहित नेप्से २०५३.३८ को बिन्दुमा उक्लेको छ । बजारको प्रकृति हेर्दा कहिले सामान्य बढोत्तरी छ […]

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

लुम्बिनी, असार १८ गते । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार […]

कृषक सम्मानित

तनहुँ, असार १८ गते । २१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् । बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती […]

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी

काठमाडौँ, असार १८ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत […]

सुन तस्करी दोस्रो अनुसन्धान, डमी कम्पनीबाट सुन तस्करी

काठमाडौँ, असार १८ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेको छ । गत साउन २ गते विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । सिआइबीले पहिलो चरणको अनुसन्धान गत भदौ ५ गते पूरा […]

उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव

काठमाडौँ, असार १८ गते । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल