alliance khabar

बुधबार, जेठ १४, २०८२

काठमाडौँ, जेठ १४ गते ।

पछिल्लो समयमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै युवालाई ठगी गर्ने क्रम बढेको छ । शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी, तालिमप्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था, व्यक्तिलगायतले युरोपमा आकर्षक सेवा सुविधासहित वैदेशिक रोजगारी प्रक्रियाका लागि आवेदन माग गरेर श्रमिकलाई ठगी गर्ने क्रम बढेको हो ।  वैदेशिक रोजगार विभागका अनुसार नेपाली युवालाई युरोप पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात सङ्कलन गर्ने एवं नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएका उजुरी विभागमा आउने क्रम बढेको छ ।

विभागको अनुगमन शाखाले वैदेशिक रोजगारीमा पठाउने अधिकार वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाहेक अन्यलाई छैन । ऐनमा उल्लेख भएका बाहेक कुनै पनि व्यक्ति वा संस्थाले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन वा पठाउनका लागि प्रक्रिया अगाडि बढाउन नपाइने कानुनी व्यवस्था रहेको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने, पठाउन सहजीकरण गर्ने कार्य नगर्न सचेत गराउँदै यस्ता संस्था वा व्यक्तिविरुद्धमा अनुगमनलाई कडाइ गरेको जानकारी दिनुभयो ।

विदेश जाने श्रमिकसँग राहदानी माग गर्ने, नक्कली कागजात बनाउने र कारोबारसमेत गर्ने त्यस्ता संस्थाविरुद्ध ठगीका उजुरी पर्न थालेपछि सरकारले उनीहरूविरुद्ध कडाइ गर्ने भएको हो ।

पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौँ रकम असुल्ने गरेको पाइएपछि नियमनलाई कडाइ गर्न थालिएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिक स्वदेशमा ठगी र विदेशमा काम गरे पनि तलब नपाउने र अलपत्र पर्ने गरेको वैदेशिक रोजगारीका क्रममा समस्यामा पर्ने श्रमिकको पक्षमा निःशुल्क वकालत गर्दै आएको पिपुल्स फोरम नामक संस्थाको अध्ययनमा उल्लेख छ । अध्ययनले वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये ५३ प्रतिशत नेपालमा हुने ठगीका विषय र बाँकी विदेशमा पाउने तलब तथा उद्धारका सम्बन्धमा रहेको देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल