रेसुङ्गा(गुल्मी), चैत ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय नीति अनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको एक थान […]
काठमाडौँ, चैत ९ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १५ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ […]
काठमाडौँ, चैत ८ गते । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँ राशिको छात्रवृत्ति स्थापना गरिएको छ । काठमाडौँको क्षेत्रपाटी निवासी उपेन्द्रकुमार प्रधानले स्वर्गीय माता लहरमाया प्रधान र स्वर्गीय श्रीमती पुण्यश्वरी प्रधानको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गर्ने घोषणा गर्नुभएको हो । विद्यालयमा शनिबार आयोजित प्रतिमा अनावरण तथा मूर्ति प्राणप्रतिष्ठा कार्यक्रममा छात्रवृत्ति […]
तनहुँ, चैत ८ गते । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य नीतिगत समस्याले गर्दा प्रभावित भएको छ । वन मन्त्रालयसँग देखिएको कानुनी र प्रक्रियागत अड्चनले गर्दा विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि विसं. २०७७ असोजदेखि काम सुरु भएको […]
काठमाडौँ, चैत ६ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ […]
काठमाडौँ, चैत ६ गते । मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]
उर्लाबारी, चैत ५ गते । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका […]
पश्चिम नवलपरासी, चैत ३ गते । पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख दुईदेखि असार ७ गतेसम्म हुने गणनाका लागि परासीमा साविकको करदाता सेवा कार्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रमुख कोष नियन्त्रक कमल सापकोटा लगायत सरोकारवालाको उपस्थितिमा कार्यालय […]
काठमाडौँ, चैत ३ गते । नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा […]
काठमाडौँ, चैत ३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]