गलकोट (बागलुङ), पुस १३ गते । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् […]
झापा, पुस १३ गते । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो […]
काठमाडौँ, पुस १० गते । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो । उहाँले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा […]
काठमाडौं, पुस ९ गते । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ । साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँटसम्बन्धी हिसाब विवरण पारित गर्ने एजेन्डा रहेको छ । उक्त विवरणअनुसार पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद […]
भद्रपुर (झापा), पुस८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७।५७ […]
रेसुंगा(गुल्मी), मङ्सिर २९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]
बेलबारी (मोरङ), मङ्सिर २८ गते । जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन […]
काठमाडौँ , मङ्सिर २७ गते । जेन जी पुस्ताले उठाउँदै आएको सुशासनका एजेन्डालाई सहकारी आन्दोलन मार्फत संस्थागत रुपमा अघि बढाइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा हाल संस्थाको सल्लाहकार परिषद्का संयोजक योगेन्द्र कुमार कुँवरले बताउनुभएको छ। काठमाडौँमा आयोजित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभाका प्रमुख […]
लमजुङ, मङ्सिर २७ गते । आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ । जिव्रोलाई ट्वाक्क बनाउने अचार आजभोलि आम्दानीको स्रोतपनि बन्दै गएको छ । बेरोजगार बनेर घरमै बसिरहनुभएकी मध्यनेपाल नगरपालिका –५ पराजुलीबेंसीकी शोभा रानामगरले सुरु गर्नुभएको अचार उद्योगले उहाँलाई मात्र होइन, परिवारका […]
काठमाडौँ, मङ्सिर २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो […]