alliance khabar

बुधबार, माघ २३, २०८१

फिदिम, माघ २३ गते ।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएका थिए ।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकिएपछि हिलिहाङ–२ देखि फिदिम ल्याइँदै गरेकी हिलिहाङ–१ की कल्पना जोगी (तामाङ) लाई बोकेको एम्बुलेन्स सडकमै रोकिँदा बिरामीको बिचल्ली भएको हो । पाथीभरामा केबुकार निर्माण प्रक्रियाको विरोध गरिरहेको नो केबुलकार समूहले सोमबार राति मेची राजमार्ग अन्तर्गत पॉचथरको जोरपोखरी–गोपेटार खण्डमा चार वटा रुख ढालेर सडक अवरोध गरेका थिए  ।

चालक नुपु शेर्पाले रातको २ बजे बिरामी लिएर आउ‘दै गर्दा बाटोमा रुख ढलेका कारण अगाडि बढ्न नसकिने अवस्था भएको र  बिरामी व्यथाले छटपटाउन थालेपछि पुनः गोपेटार फर्र्काएको बताउनुभयो ।

गोपेटारको एम्बुलेन्सका चालकले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै घटना सार्वजनिक गर्नुभएको हो । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहॉका स्वास्थ्यकर्मी चन्द्र घिमिरेले बताउनुभयो ।

पछि प्रहरीले ढालेको रुख हटाएर अवरोध खुलाएको थियो । अवरोध हटेसँगै उहाँलाई प्रसूति गराउन जिल्ला अस्पताल पठाउने तयारी भइरहको छ । अठार वर्षीय जोगीलाई सोमबार बिहानैदेखि प्रसूति व्यथाले चापेको थियो । माघ १५ देखि मेची राजमार्ग र तमोर कोरिडोर बन्द गर्दै आएको नो केबुलकार समूहले मङ्गलबारदेखि अरुणपूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो । सरकारस‘ग हिजोदेखि वार्ता गरे पनि बन्दलाई यथावत् राख्ने बन्दकर्तामध्येको एउटा घटक किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल