आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौँ, १० चैतः सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको इन्डियन प्रिमियर […]

बिहान खाली पेट पानी पिउनुका ९ फाइदा

एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र […]

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू

काठमाडौँ– मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् । मिर्गौला सम्बन्धी रोगका लक्षणहरू मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । कतिपय […]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

कास्की,९ चैत : पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिनुभएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा […]

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

जानकी (बाँके), ९ चैत : नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् । गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य […]

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

काठमाडौँ, ९ चैत : बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित […]

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

कर्णाली, ९ चैत : चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो । तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली […]

दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता

कैलाली, ९ चैत: सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उहाँले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताउनुभयो । समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै […]

सीआईबीमा दुई घण्टा बयान दिएर निस्कदै गर्दा चौधरीले भने : आफूमाथि राजनीतिकरण गरियो

काठमाडौं- ८ चैत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर […]

धरानमा किशोरीको शव फेला

सुनसरी/ ७ चैत । धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको छ। धरान प्रहरीले दिएको जानकारी अनुसार फेला परेकी मृतक किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो। किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ। मृतक किशोरीको पहिचान खुलिसकेको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल