काठमाडौँ, पुस ११ गते । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् । नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब, दुई पटकका विजेता थापाथली चेस पार्क, ललितपुर महानगरपालिका टिम, दोलखा जिल्ला बुद्धिचाल संघ र ललितपुरको महालक्ष्मी नगरपालिका चार अंकसहित अग्रस्थानमा रहेका छन्। […]
तम्घास,पुस ११ गते। गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो। निजहरुको स्थलगत मुचुल्का गरी […]
काठमाडौँ, पुस ११ गते । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले विधान संशोधन गर्दै पुस १३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको थियो […]
काठमाडौँ, पुस ११ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ। महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन चापीय प्रणालीका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया मौसम बदलीको सम्भावना रहेको बताएको हो। महाशाखाका अनुसार उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर […]
धनकुटा, पुस ११ गते। २१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। बिहीबार दिउँसो १ बजेतिर तेह्रथुम जिल्लाको तिनजुरेस्थित पाथीभरा देविको दर्शन गरेर फर्कने क्रममा धनकुटा जिल्लास्थित धनकुटा नगरपालिका ३ स्थित निगालेमा हायस दुर्घटना भएको हो। तेह्रथुमबाट राजविराजतर्फ जाने क्रममा प्र. २–०१–००१ ख. ०३१० नम्बरको […]
नेपालगन्ज, पुस ११ गते। नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ। नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन […]
काठमाडौं, पुुस ११ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा बिहीबार महासङ्घका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । […]
रसुवा, पुस १० गते । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो । यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा […]
काठमाडौँ, पुस १० गते। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो। उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण […]