बुढीगङ्गाले गर्‍यो प्रदेशबाट आएका योजना प्रदेशमै फिर्ता

मार्तडी (बाजुरा), फागुन ८ गते । बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ । गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ । नेकपा […]

काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक, फागुन ८  गते ।  जन्ती पु¥याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती […]

बाँझो जग्गामा ओखरखेती

गलकोट (बागलुङ),फागुन  ८  गते ।   बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय  रोपनी जग्गामा ओखरखेती थालेको छ । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ […]

रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा

काठमाडौँ, फागुन ८ गते । उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य […]

कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

धनगढी, फागुन ७ गते । कञ्चनपुरको लाल झाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हा ती मृत अवस्थामा फेला परेको हो । लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी […]

आजको दिन नेपाल र नेपालीका लागि कोशेढुंगा : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं, फागुन ७ गते ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “फागुन ७ गते नेपाल र नेपालीका […]

फाल्गुनन्द ३ का वडाध्यक्ष नेम्वाङको निधन

फिदिम, फागुन ७ गते ।  पाँचथरको फाल्गुन्द गाउँपालिका ३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । उहाँलाई लामो समयको उपचार पश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो । […]

फागुन ७ सुनौलो बिहानी बोकेको दिन हो : प्रमुख देवकोटा

काठमाडौं, फागुन ७ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रजातन्त्र दिवस २०८१ को अवसरमा देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख देवकोटाले आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्राणको आहुती गर्ने वीर सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रमुख देवकोटाले सन्देशमा भन्नुभएको छ, “रास्ट्रिय […]

लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल

काठमाडौँ,फागुन  ७ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताउनुभएको छ । साथै उहाँले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराउनुभएको छ । अध्यक्ष नेपालद्वारा  ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज […]

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौँ, फागुन ७ गते ।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २३, आलु रातो प्रतिकेजी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल