alliance khabar

मंगलबार, बैशाख १६, २०८२

रेसुङ्गा (गुल्मी), वैशाख १६ गते ।

गुल्मी तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ । चित्र कोर्ने दुवै जनाको सोख हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको भित्तामा रेसुङ्गामा रहेका विभिन्न धार्मिक आस्थासँग जोडिएका आकर्षक तस्बिर बनाइरहनुभएको छ ।

सरावल गाउँपालिका–३ का विकेले मूर्तिकलामा स्नातकोत्तर गर्नुभएको छ । सुनवल नगरपालिका–९, स्वाँठीका थारूले कक्षा ८ उत्तीर्ण गरेर घरायसी अवस्थाले पढ्न पाउनुभएन । विकेले चित्र र मूर्तिको व्यावसायिक काम गर्न थालेको २५ वर्ष भयो भने थारूले दुई दशकदेखि चित्र कोरिरहनुभएको छ । धेरै युवाले काम नपाएर परदेश रोजे पनि यी दुईले भने स्वदेशमै मासिक रूपमा करिब एक लाख आम्दानी गरिरहनुभएको छ । रेसुङ्गाको भित्तामा धार्मिक पहिचान झल्काउने चित्रहरू यतिबेला ब्रगेल्ती देख्न पाइन्छ । भगवान् रामले वाण हानेर पानी निकालेको, सागर मन्थनबाट जटायुले अमृत लिएर हिँड्दा एक थोपा रेसुङ्गामा खसालेको, रेसुङ्गा मन्दिरलगायतका चित्रले नगरपालिकाका बासिन्दालाई मात्र होइन, यहाँ आउने पर्यटकलाई पनि लोभ्याउने खालका छन् । प्रतिस्क्वायर फिट ३७५ रुपियाँमा नगरको काम गरिरहेको विके आर्ट ग्यालरीका सञ्चालकसमेत रहनुभएका विके सानैमा मूर्ति बनाउन थालेपछि चित्रकलामा रमाउन थाल्नुभएको हो ।

एसएलसी दिनेबित्तिकै बुटवलको साइनबोर्ड पसलमा काम गर्न पुग्नुभएका विके चलचित्रका पोस्टर देखेर काठमाडौँ पुग्नुभयो । पशुपतितिर घुम्दा दोस्रो दिन नै पोस्टर बनाउने ठाउँ भेटिएपछि उहाँले ललितकलामा स्नातकोत्तर पढ्ने रहरसमेत पूरा गर्नुभयो । उहाँले कोर्ने क्यान्भासमा हिमाल, नदी र मन्दिरलगायत पर्यटकीय क्षेत्र पर्यटकको आकर्षणमा पर्ने गरेका छन् । विकेले सामान्य पाँच सयदेखि साढे दुई लाखसम्मका तस्बिर बिक्री गरेको बताउनुभयो । विके जस्तै थारू पनि चित्रकलामा अब्बल हुनुहुन्छ । थारू १५ वर्षको हुँदा नै बुवा बितेपछि पाँच जनाको परिवार पाल्ने जिम्मा थारूको काँधमा आएपछि उहाँले केही समय विदेशको अनुभव पनि सँगाल्नुभयो । हाल चित्रकलालाई नै मुख्य पेसा बनाउनुभएका थारूले मासिक रूपमा कम्तीमा एक लाख कमाइ गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल