alliance khabar

सोमबार, बैशाख १५, २०८२

कालीकोट, वैशाख १५ गते ।

 कालीकोट जिल्ला सदरमुकामसमेत रहेको मान्मबजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गछेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने मूल सडक भासिएको र आउजाउसमेत बन्द भएको छ । भवन निर्माणको जिम्मा लिएको आरएनसिएस बिल्डर्सले पहिरो रोक्नका लागि लगाउनुपर्ने पर्खालबारे सम्झौतामा उल्लेख नभएकाले पर्खाल लगाउन नसक्ने अडान लिएपछि मान्म बजार प्रवेश गर्ने सडक अवरुद्ध भएको छ । एक हप्ताअघि गएको पहिरोले सडक पूर्ण रूपमा बन्द हुँदा सहज बनाउनतर्फ कसैले चासो दिएका छैनन् ।

निर्माण कम्पनी आरएनसिएस बिल्डर्सका प्रतिनिधि अलिबहादुर शाहीले भवन निर्माणको लागत प्रतिवेदनमा पर्खाल लगाउने उल्लेख नभएको बताउनुभयो । झन्डै १० हजार घनमिटरभन्दा बढी पर्खाल लगाए मात्र बजारको सडक खुलाउन सकिने अवस्था छ तर त्यसका लागि बजेट निर्माण कम्पनीले आफैँ व्यवस्थापन गर्न नसक्ने भएकाले काम बन्द भएको उहाँले बताउनुभयो । काम गर्दा पहिरो आउने जोखिम देखिएकाले काम बन्द गरिएको उहाँले बताउनुभयो ।

फेरि काम गर्दा थप पहिरो आउने जोखिम छ । त्यसैले त्यहाँ पर्खाल लगाउने व्यवस्था नगरपालिका वा अन्य निकाय कतैबाट नहुँदासम्म काम बन्द गरेको र भवन निर्माण स्थल निकै जोखिम भएकाले आफू समस्यामा रहेको निर्माण व्यवसायीको भनाइ छ । तल कणाली राजमार्ग छ, माथि मान्मको बजार छ । भिरालो ठाउँमा भवन बनाउनुपर्ने भएकाले पहिरोले सबै बजार क्षतविक्षत हुने प्राविधिकको भनाइ छ । खाँडाचक्र नगरपालिकामा कार्यरत सबइन्जिनियर कम्बरबहादुर बमले भवन निर्माण उपयुक्त ठाउँमा नभएको बताउनुभयो । सुरुमा हेर्दा चट्टान भए पनि अहिले बलौटे माटो भएकाले पहिरोको जोखिम बढेको उहाँले जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जोखिम न्यूनीकरण नहुँदासम्म काम अगाडि नबढाउनू भनेर काम रोकेको बताउनुभयो । कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने नगरका विज्ञको निर्णय हो तर जोखिम उच्च भएकाले यसको समाधान नहुँदासम्म काम नगर्नू भनेर भनिएको उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल