काठमाडौं, साउन २० गते । म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ मापन गरिएको हो। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको […]
काठमाडौँ, साउन १९ गते। काठमाडौँको पशुपति क्षेत्रस्थित वनकाली हंशमण्डपमा , कालिका साधना आश्रमद्वारा आयोजित १० महाविद्या हवन धार्मिक वातावरणमा सम्पन्न हुँदै गएको छ। श्री श्री १००८ स्वामी महामण्डलेश्वर परमहंस कालिदास बाबाको नेतृत्वमा गत पाँच दिनदेखि चलिरहेको सो यज्ञ आगामी पाँच दिनसम्म निरन्तर चल्नेछ । शान्ति, समृद्धि, राष्ट्रिय एकता, अखण्डता र भाइचाराको प्रवर्द्धनका लागि यो हवन […]
काठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार […]
काठमाडौं, साउन १९ गते । रुपन्देहीको मर्चवारी गाउँपालिका –३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठघाट निर्माण, पूर्निकोट गाउँभित्र सडक पिसिसि ढलान र सुरहवाँ गाउँभित्र सडक पिसिसि ढलान कार्य योजनाहरुको […]
पोखरा, साउन १९ गते । कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुरुप कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनु भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको पोखरामा उद्घाटन गर्नुहुँदैन उहाँले मुलुक आर्थिक तथा भौतिक विकासको चरणमा अगाडि बढेको जिकिर गर्नुभयो । […]
वीरगञ्ज (पर्सा), साउन १९ गते । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार […]
सप्तरी, साउन १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला कार्य समिति चयनको लागि आज (सोमबार) मतदान हुने भएको छ । निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको छ भने १९ गते सोमबार बिहान ११ […]
धनुषाधाम, साउन १९ गते । मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका […]
बैतडी, साउन १९ गते । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु-याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर […]
कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् । गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् । “यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका […]