पहिरो खस्दा मध्यपहाडीको लमजुङ–पोखरा सडकखण्ड अवरुद्ध

लमजुङ, साउन २२ गते । सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ बिमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो । बिहान ७ः३० बजेतिर रुख र चट्टानसहितको ठूलो पहिरो खसेको थियो । अहिले पनि ससाना पहिरो र ढुङ्गाहरु झरिरहेको स्थानीयले बताएका छन् । स्थानीय सुरज गुरुङका […]

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी

तम्घास (गुल्मी),  साउन २१ गते । “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख […]

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

फुङ्लिङ (ताप्लेजुङ), साउन २१  गते । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी […]

अनुदान कटौतीको विरोधमा उखु किसान आन्दोलित

बर्दिबास, साउन २१ गते ।  सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका छन् । उखु उत्पादक कृषक संघ महोत्तरीको नेतृत्वमा ऐक्यबद्ध भएका किसानहरुले रामनगरस्थित एभरेष्ट चिनी मीलको मूल गेटमा बुधबार टायर बालेर विरोध जनाएका हुन् । यसअघि साउन १८ गते उखु किसानले प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका […]

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

सुर्खेत, साउन २१ गते ।  कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]

निर्माण कम्पनीले काम नसकेपछि दोस्रो पटक म्याद थप

बागलुङ (गलकोट) साउन २१ गते । जैमिनी नगर कार्यपालिकाको बैठकले प्रशासकीय भवन निर्माणको समयावधि थप गरिएको छ । निर्माण कम्पनी जुगल रविना प्राकृतिक कन्ट्रक्सनले जिम्मा लिएको भवन निर्माणको पहिलो पटक म्याद थप गर्दा पनि काम नसकेपछि दोस्रो पटक म्याद थप गरिएको हो । गत असारमा सम्पन्न जैमिनी नगर कार्यपालिका बैठकले ६ महिनाका लागि दोस्रो पटक […]

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

काठमाडौँ, साउन २१ गते । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले बुधबार ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल […]

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री बानियाँको शपथ

मकवानपुर, साउन २० गते ।  बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मङ्गलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री बानियाँले शपथसँगै एक जना बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । बागमती […]

नेपाली श्रमिकका पीडा : गर्जो टार्न नसक्ने पारिश्रमिक

काठमाडौँ, साउन २० गते । काठमाडौँ टेकुको एक गार्मेन्ट उद्योगमा कार्यरत ललिता थापालाई महिनाभरको कमाइले दुई छोरासहित आफ्नो खर्च धान्न सकस हुन्छ । कीर्तिपुर नगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी ललिताका श्रीमान्को २०७८ मा कोरोनाका कारण मृत्यु भएपछि छोरा हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उहाँकै काँधमा छ । उहाँले दैनिक बिहान ८ बजेदेखि साँझ ७ […]

कागतीले उचित बजार नपाउँदा मारमा किसान

झापा,  साउन २० गते । धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ । आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल