गुलरिया(बर्दिया) साउन २५ गते । राजापुर नगरपालिका–२ बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रुपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस […]
मकवानपुर, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका […]
बागलुङ (गलकोट) साउन २५ गते । धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताउनुभयो । साविकको धौलागिरी […]
काठमाडौँ, साउन २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुश्मा (पर्वत), साउन २५ गते । पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका– ५ जलकेनीमा सञ्चालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो । चाइनीज हर्वल उद्योगले गैरहकाष्ठ जन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै […]
वराहक्षेत्र, साउन २५ गते । गाउँमा अर्मपर्मबाट गरिने परम्परागत खेती प्रणाली हराउँदै गएको छ । गाउँमा बाली लगाउँदादेखि बाली भिœयाउनसम्म अर्मपर्म, खेतालापात गरेर काम गरिने चलन पछिल्लो समय हराउँदै जान थालेको हो । परम्परागत खेती प्रणालीमा बाली लगाउने समयमा आलोपालो गर्दै एकअर्काको खेतीपातीको काम सक्ने, नभ्याउँदा खेताला पनि लगाइने चलन थियो । वराहक्षेत्र–५, कालाबञ्जरका ७९ का शेरबहादुर थापाले […]
मन्थली (रामेछाप), साउन २५ गते । रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान […]
पञ्चकोशी (दैलेख), साउन २३ गते । दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् । पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने […]
काठमाडौँ, साउन २३ गते । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई […]
दोलखा, साउन २३ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–८, खारेमा निर्मित खारे माध्यमिक विद्यालयको दुईकोठे भवन गाईगोठमा परिणत भएको छ । बागमती प्रदेशको २५ लाख रुपियाँको लगानीमा बनेको विद्यालय खासै चासोमा नपर्दा प्रयोगविहीन भएर भवन गाईगोठ बनेको हो । स्थानीय समाजसेवी दिव्यध्वज कार्कीले विद्यालयलाई दान दिनुभएको जग्गामा लहडबाजीमै प्रदेशको लगानीमा बनेको सो भवन घेरबारसमेत नहुँदा स्थानीयले […]