‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन, असोज २५ गते।  नेपाली कांग्रेसका युवाले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भन्नुभयो,“पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको […]

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, असोज २५ गते। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ।  राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो। उहाँलाई भर्ना गरेर स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पौडेलको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाको […]

‘नयाँ ढङ्गले अघि बढ्नेगरी प्रस्ताव तयार हुँदैछ’

काठमाडौँ, असोज २४ गते । नेकपा (एमाले) को सचिवालय बैठकमा वर्तमान समस्याको समाधान महाधिवेशनबाट खोज्ने तथा पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा प्रस्ताव तयार गर्ने विषयमा छलफल गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा भएको छलफलबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ अनावश्यक […]

बागमती प्रदेशको सभामुखमा कांग्रेसले दाबी गर्ने

मकवानपुर, असोज २४ गते। बागमती प्रदेश सभाको प्रदेश सभामुखमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको  हेटौँडामा शुक्रबार बसेको ३५ औं बैठकले यस्तो निर्णय गरेको हो। गत भदौमा भएको जेनजी विद्रोहपछि फरक राजनीतिक अवस्था आएको भन्दै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभामुखबाट उपसभामुख समक्ष राजीनामा दिएसँगै सभामुख पद रिक्त […]

सर्वदलीय बैठकमा राष्ट्रपतिले भन्नुभयो– ‘संविधानको रक्षाका लागि चुनावमा लाग्नुस्’

काठमाडौँ, असोज २४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउनुभएको छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दललाई आग्रह गर्नुहुँदै शुक्रबार राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गर्नुभएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा  उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले […]

‘नागरिकका लागि हुलाक : स्थानीयन सेवा, विश्वव्यापी पहुँच’

काठमाडौँ, असोज २३ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तारसँगै हुलाक सेवालाई आधुनिक प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै जानु आजको मुलभूत आवश्यक रहेको बताउनुभएको छ । बिहीबार १५१ औँ हुलाक दिवस २०२५ को शुभकामना सन्देश जारी गर्नुहुँदै सञ्चारमन्त्री खरेलले सो कुरा बताउनुभएको हो । सञ्चारमन्त्री खरेलद्वारा जारी सन्देशमा […]

बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं, असोज २३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाले बगाएको सडकको अनुगमन गर्न पुग्नुभएका मन्त्री घिसिङले सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी […]

मधेश प्रदेशमा नयाँ सरकार गठन प्रयास

काठमाडौँ, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो । अध्यक्ष ठाकुरले  भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल […]

निर्देशित न्यायालय अमान्य : नेपाल बार

काठमाडौँ, असोज २२ गते । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । जेनजी आन्दोलनका अगुवाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन माग राखेपछि बारले वक्तव्यमार्फत आपत्ति जनाएको हो । बार महासचिव केदार कोइरालाले विज्ञप्तिमार्फत निर्देशित न्यायालय […]

बाढीपीडितलाई आवास अनुदान

काठमाडौँ, असोज २२ गते ।  सरकारले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । त्यसै गरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनुका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल