alliance khabar

मंगलबार, फाल्गुण १२, २०८२

कल्याणपुर (सप्तरी), फागुन १२ गते ।

फागुन २१ काे प्रतिनिधि सभा  निर्वाचनलाई लक्षित गर्दै सप्तरीका अति संवेदनशील तथा आइसोलेट मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्लास्थित निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाडास्थित मतदान केन्द्रलाई केन्द्रमा राख्दै नेपाली सेनाको श्री बरख गणले सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको हो ।

बरख गणको नेतृत्वमा नियमित एरिया डोमिनेशन पेट्रोल, सुरक्षा निगरानी तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसँग समन्वय गरी संयुक्त गस्ती योजना कार्यान्वयन गरिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिनुभयो ।

समन्वयात्मक सुरक्षा पहलमार्फत जनविश्वास अभिवृद्धि गर्ने, निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै शान्ति सुरक्षा सुदृढ बनाउने कार्य निरन्तर जारी रहने बरखगणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल