पाटन (ललितपुर), माघ ४ गते । धार्मिक, संस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को स्थापना भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता पूर्णप्रसाद मिश्रको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन समेत भएको समितिका सदस्य दीपक घिमिरेले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा द राइजिङ नेपालका बिनु श्रेष्ठ र महासचिवमा रेडियो नेपालका अच्युत अर्याल चयन हुनुभएको छ । […]
सुर्खेत, माघ ४ गते । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनका लागि पुस १९ गतेको मन्त्रीपरिषद् बैठकले नियमावली स्वीकृतसमेत गरिसकेको छ । प्रदेश सरकारले प्रमुख उपलब्धि मान्दै आएको उक्त ऐन पूर्ण रूपमा कार्यान्वयनमै आइसकेको छैन तर विभेदकारी भएको भन्दै सरोकारवालाले संशोधनको माग गरेका छन् । गत कात्तिकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को […]
भैरहवा, माघ ४ गते । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई […]
सुनसरी, माघ ४ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण यहाँ जाडो बढेर जनजीवन प्रभावित भएको छ ।
बैतडी, माघ ४ गते । हुलाक टिकट, दशरथ चन्द नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको बैतडीको पञ्चदेवलको निर्माण एक जना साहसी महिलाको अगुवाइमा भएको दाबी गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा अध्येता राजेन्द्रसिंह रावलले पञ्चदेवलको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा निर्माण भएको दाबी गर्नुभएको हो । दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको ऐतिहासिक शिखर […]
काठमाडौँ, माघ ४ गते । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल […]
काठमाडौँ, माघ ४ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, […]
म्याग्दी, माघ ४ गते । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङखण्ड कालोपत्रका लागि रु ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुुसाङखण्डको १० किलोमिटर कालोपत्र गर्न बहुुवर्षीय ठेक्का लगाउन रु ५० […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, […]