धनगढी, जेठ ६ गते । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो । बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, […]
काठमाडौँ, जेठ ६ गते । नेपाली कांग्रेसको ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो । ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, […]
काठमाडौँ, जेठ ६ गते । सङ्ग्रहालयको दिगो विकास, संरक्षणका लागि स्थानीय समुदायसँगको सहकार्य र विपत् पर्दा सम्पदाको संरक्षण÷व्यवस्थापन गर्न सङ्ग्रहालयकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ । हनुमाढोका दरबार सङ्ग्रहालयले इन्टरनेसनल काउन्सिल अफ म्युजियमसँगको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी सङ्ग्रहालयकर्मीले आफ्ना अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । इन्टरनेसनल काउन्सिल अफ म्युजियम नेपालका सदस्य डा. […]
काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री […]
अर्घाखाँची, जेठ ६ गते । अर्घाखाँचीको पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ भने अर्घाखाँची जिल्लामा पहिलो बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको बेरुजु ०.०३ प्रतिशत रहेको छ । एक अर्ब ५४ करोड ८९ […]
काठमाडौँ, जेठ ६ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती […]
दैलेख, जेठ ६ गते । बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखको नारायण नगरपालिका–४ को धुलाम्मे सडकमा एउटा शरीर बिस्तारै अगाडि बढिरहेको देखिन्छ । पाइला होइन, दुई हातको सहारामा ५० वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढाउनुहुन्छ । जन्मजात शारीरिक अपाङ्गता भएका उहाँलाई घरदेखि विद्यालयसम्मको करिब एक किलोमिटर दुरी पार गर्न दुई घण्टा लाग्छ […]
काठमाडौँ, जेठ ५ गते । मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको छ । प्रारम्भिक बालविकास (इसिडी) देखि कक्षा १२ सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागिएको हो । यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्रप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, […]
काठमाडौँ, जेठ ५ गते । नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । त्यसअघि […]