
चितवन, १३ माघ ः भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट […]
इलाम, १३ माघ : इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७÷७८ मा रु […]
टीकापुर (कैलाली), १३ माघ : कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ […]
त्रिवेणी (रुकुमपश्चिम), १३ माघ : राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताउनुभयो । उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र […]
काठमाडौँ, १२ माघ : राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ७१ रनको […]
चितवन, १२ माघ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् । अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको हो […]
काठमाडौँ, १२ माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ । आगामी […]
काठमाडौँ, १२ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनुभयो । निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री […]
फुङ्लिङ (ताप्लेजुङ), १२ माघ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो । विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । मैवाखोला […]
काठमाडौँ, १२ माघ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गर्नुभयो । सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा […]