काठमाडौँ, मङ्सिर ७ गते । नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा […]
दाङ, मङ्सिर ७ गते : गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । […]
नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ । मर्मत तथा विस्तारका निम्ति गत कात्तिक २३ गतेदेखि रातिको निश्चित समय विमानस्थल बन्द गर्नुपर्ने बाध्यतालाई विमान सेवा कम्पनीहरूले भाडा बढाउने बहाना बनाएका छन् । भाडामा अत्यधिक वृद्धि गरिएपछि नेपालबाट काम गर्न जाने श्रमिकहरू चर्को मारमा परेका छन् […]
काठमाडौँ, मङ्सिर ७ गते : बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को […]
जनकपुरधाम, मङ्सिर ५ गते । अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र, सामुदायिक परिवार कल्याण संघ, आसमान नेपाल र जानकी महिला जागरण समाजले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा […]
काठमाडौँ, मङ्सिर ५ गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चारसय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीनसय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख […]
कञ्चनपुर, कात्तिक २८ गते : उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, […]
चितवन, कात्तिक २८ गते : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो विस्तारित सेवा सुरु गरेको छ । क्यान्सरसम्बन्धी सामान्य परीक्षण, पुनः परीक्षण तथा विशेषज्ञसँग छलफल तथा अन्य सेवाका लागि भरतपुर आउनुपर्ने बाध्यता हटाउन अस्पतालले विस्तारित सेवा सुरु गरेको हो । क्यान्सरको सामान्य जानकारी लिन, परामर्श गर्न, चिकित्सकलाई देखाएर औषधी खानलगायतका समस्या समाधान गर्न नजिकैको अस्पतालमा […]
तानसेन, कात्तिक २८ गते : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो । उहाँले कानुन […]
हेटौँडा, कात्तिक २८ गते : बागमती प्रदेश सरकारले पुनः मन्त्रालय फुटाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा अब १४ वटा बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै आर्थिक मितव्ययिताको प्रतिबद्धतासहित बनेको नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको सरकारले विरोधका बिच मन्त्रालय टुव्रmाएर […]