काठमाडौं, असोज २२ गते : अब विदेशबाट भिसा तथा मास्टरमार्फत रकम सोझै नेपालका कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका […]
हेटौँडा, असोज २२ गते : हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी र ललितपुरको बागमती जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि दश दिनपछि कान्तिलोकपथ सञ्चालनमा आएको हो । कान्तिलोकपथ भएर सवारीसाधन पूर्णरुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । बाढीले बागमती पुलमा […]
काठमाडौँ, असोज २२ गते : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८० र ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछ । वृष (इ, उ, ए, […]
काठमाडौँ, असोज २१ गते : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक […]
सुर्खेत, असोज २१ गते : भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युत्विहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार आगामी डेढ वर्ष बिजुली पुग्न नसकेका पालिकामा बिजुली पु¥याइसक्ने र […]
देउखुरी, असोज २१ गते : दाङको लमही नगरपालिका–८, निमुखुट्टीका टोपबहादुर रावत खसीबोका बिक्री नहुँदा व्यापारीको खोजीमा हुनुहुन्छ । व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्नुभएका रावतले यसपालिको दसैँमा बिक्री गर्न पालेका १६ वटा खसीबोकामध्ये अहिले सात वटा बिक्री गर्न बाँकी छ । बिक्री गरेका खसीबोका पनि स्थानीय व्यापारीलाई दिनुभयो । उत्पादन बढाउन सबै क्षेत्रबाट जोड गरे पनि बिक्री गर्ने समयमा […]
बुटवल, असोज २१ गते : लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी) को निकासी खोल्नुपर्ने बताउनुभएको छ । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि नदीजन्य पदार्थको निकासी खोलेर त्यसबाट आएको पैसा विकास निर्माणमा लगाउनुपर्ने बताउनुभएको हो । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतका पर्वका अवसरमा […]
काठमाडौँ, असोज २१ गते : अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोले धेरै ठुलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिनुभएको हो । बाढीपहिरोले गर्दा १७ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । विना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केहि समस्या आउनेछ । […]