काठमाडौँ, पुस ११ गते । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले विधान संशोधन गर्दै पुस १३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको थियो […]
काठमाडौँ, पुस ११ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ। महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन चापीय प्रणालीका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया मौसम बदलीको सम्भावना रहेको बताएको हो। महाशाखाका अनुसार उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर […]
धनकुटा, पुस ११ गते। २१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। बिहीबार दिउँसो १ बजेतिर तेह्रथुम जिल्लाको तिनजुरेस्थित पाथीभरा देविको दर्शन गरेर फर्कने क्रममा धनकुटा जिल्लास्थित धनकुटा नगरपालिका ३ स्थित निगालेमा हायस दुर्घटना भएको हो। तेह्रथुमबाट राजविराजतर्फ जाने क्रममा प्र. २–०१–००१ ख. ०३१० नम्बरको […]
नेपालगन्ज, पुस ११ गते। नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ। नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन […]
काठमाडौं, पुुस ११ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा बिहीबार महासङ्घका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । […]
रसुवा, पुस १० गते । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो । यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा […]
काठमाडौँ, पुस १० गते। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो। उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण […]
काठमाडौँ, पुस १० गते । नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा पर्नुभएको छ । बुधबार दिउँसो पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्णय […]
बुटवल, पुस १० गते । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै […]