काठमाडौँ, असार २० गते । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको […]
काठमाडौँ, असार २० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २० पैसा र बिक्रीदर १३६ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६३ पैसा र बिक्रीदर १६१ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
पोखरा, असार २० गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ । तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो । निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको […]
मकवानपुर, असार २० गते । मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभ¥याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार […]
काठमाडौँ, असार २० गते । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार (आज) स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो । भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आर्थिक कारोबारका लागि अनुकूल देखिन्छ । आफन्तहरूसँग भेटघाटको अवसर प्राप्त हुनेछ । धार्मिक गतिविधिमा संलग्न भई समाजसेवा तथा शुभ कर्ममा समय बित्नेछ । बौद्धिक क्षमताको सही उपयोग गर्न सकिनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिंदा धोका हुने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस् । […]
डडेलधुरा, असार १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा (२०८१) मा डडेलधुराका दुई वटा नमुनासहित सात वटा विद्यालयको परिणाम शून्य भएको छ । परिणाम शून्य हुने विद्यालयमा भागेश्वर गाउँपालिकाका तीन, अजयमेरु गाउँपालिकाका एक, अमरगढी नगरपालिकाका दुई र परशुराम नगरपालिकाका एक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ, डडेलधुराका कार्यालय प्रमुख खडक महताका […]
काठमाडौँ, असार १९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो […]
तनहुँ, असार १९ गते । तीन वर्षपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै गर्भपतन गराउनुपर्ने अवस्थामा टाढा धाउनु पर्ने र शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ । बन्दीपुर गाउँपालिका–६ को महिलाको सुरक्षित गर्भपतन गराई सेवा सुरु गरिएको अस्तालले जनाएको छ । उपकरण, उपचार कक्ष […]
बागलुङ, असार १९ गते । जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह शिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह शिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार, यसवर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष जुल्फे र ठुलोभिरमा दुई […]