बाजुरा, असोज ३० गते । बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् । विसं. २०८० वैशाख ५ गते र २०८१ को पुसम ६ गते […]
काठमाडौँ, असोज ३० गते । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना […]
गलकोट (बागलुङ), असोज ३० गते । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार […]
तुलसीपुर (दाङ), असोज ३० गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो । यसवर्ष […]
दमौली (तनहुँ), असोज ३० गते । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री […]
हेटौँडा, असोज ३० गते । जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् । प्रदेशका १४ मन्त्रालयमध्ये छ वटा […]
कञ्चनपुर, असोज ३० गते । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि […]
नवलपुर, असोज ३० गते । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चितवन […]
काठमाडौँ, असोज २९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८५ पैसा र बिक्रीदर १६४ रुपियाँ ५४ पैसा, युके […]
रेसुंगा(गुल्मी), असोज २९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो । जसमा तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउने, देउसीभैलो खेल्दा परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै अनुशासित रुपमा राति […]