alliance khabar

शनिबार, पुष ०५, २०८२

नेपालगन्ज, पुस ५ गते ।

 बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर यहाँबाट संघीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने उडान प्रभावित बनेका छन् ।

शुक्रबार बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै शीत लहर समेत चल्न थालेपछि चिसो बढ्दै गएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले जानकारी दिनुभयो ।

उहाँले बाँकेमा “शीतलहर आकस्मिक योजना“ २०८२ स्वीकृत गरेर लागु गरि सकिएकोले शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन सुरु गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनिहरुलाई जोगाउनका लागि स्थानीय तहहरुलाई आग्रह गरिसकिएको बताउनुभयो ।

बाक्लो हुस्सु र कुहिरोका कारण शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट काठमाडौं, पोखरा र पश्चिम नेपालका पहाडी जिल्लामा हुने हवाई उडान रद्द गरिएका थिए ।

नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल