काठमाडौँ, मङ्सिर ३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२-०८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खरेलले उक्त निर्देशन दिनुभएको हो । मन्त्री खरेलले […]
काठमाडौँ, मंसिर ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले अब अराजकता अन्त्य गरी देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । सिंहदरबारमा आयोजित सर्वदलीय बैठकको समापन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक दलहरूको साझा जिम्मेवारी र आगामी निर्वाचनका तयारीबारे स्पष्ट र दृढ सन्देश दिनुभयो। १२५ दर्ता राजनीतिक दलमध्ये ११० भन्दा बढी दलहरूको उपस्थितिमा […]
नेपालगन्ज, मङ्सिर ३ गते । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार […]
काठमाडौँ, मङ्सिर ३ गते । स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो । जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो […]
काठमाडौँ, मङ्सिर ३ गते । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा रु. दुई हजार ८०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु. ६० ले बढेको छ […]
काठमाडौँ, मङ्सिर ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन् । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच […]
काठमाडौँ, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ […]
काठमाडौँ, मङ्सिर २ गते। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हरायो। जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै […]
वाशुलिङ (बैतडी), मङ्सिर २ गते । बैतडीको सूर्नया ३ र २ को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ शक्तिपीठमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । सङ्कट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो । कोणधारीजङ्गलको बिचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपी देवस्थलमा पूजाको […]
लहान, मङ्सिर २ गते । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा […]