alliance khabar

शुक्रबार, माघ ०२, २०८२

सल्यान, माघ २ गते।

सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ। पछिल्लो पटक जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित शान्ति सुरक्षा सामुदायिक वन क्षेत्रबाट छ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो।

प्रहरीका अनुसार यसअघि जिल्लाका विभिन्न स्थानबाट ३३ नाल भरुवा बन्दुक बरामद भएका थिए। पछिल्लो बरामदसँगै मंसिरयता जिल्लाभरबाट नियन्त्रणमा लिइएका भरुवा बन्दुकको संख्या ३९ पुगेको छ।

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै वन क्षेत्रबाट बरामद गरिएका बन्दुक सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो।

बरामद भरुवा बन्दुक कसले, कुन उद्देश्यले र कहिलेदेखि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल